युएनएचसीआरद्वारा लिबियामा चार हजारभन्दा बढी सुडानी शरणार्थीलाई सहयोग प्रदान



शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर)ले यो वर्ष अहिलेसम्म लिबियामा रहेका चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीलाई महत्वपूर्ण सहयोग उपलब्ध गराएको छ ।

“यो वर्ष अहिलेसम्म चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीहरूलाई चिकित्सा सहायता, स्वच्छता किटहरू, भान्छाका सामान, सौर्य बत्तीमा पहुँच र नगद सहायता जस्ता महत्वपूर्ण समर्थनहरू प्रदान गरिएको छ,” युएनएचसीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । धेरै शरणार्थीहरू आइरहँदा युएनएचसीआर र यसका साझेदारले खाँचोमा परेकालाई सहयोग गर्न प्रयासहरू बढाइरहेका छन् ।

यससँगै, अब लिबियामा युएनएचसीआरमा दर्ता भएका सुडानी शरणार्थीको सङ्ख्या चार हजार ८०० भन्दा बढी पुगेको छ ।

अप्रिल सन् २०२३ को मध्यमा आफ्नो देशमा गृहयुद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा विस्थापित सुडानी नागरिकले लिबियामा सुरक्षा र सहायता खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही,

दक्षिण कोरियामा सामसुङका कामदारहरूद्वारा हड्ताल घोषणा

तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू तत्काल हडतालमा जाने एक युनियन

चीनद्वारा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ