इराकको मस्जिदमा विस्फोटक उपकरण फेला



संयुक्त राष्ट्रसङ्घको एक एजेन्सीले उत्तरी इराकी सहरमा अवस्थित अल–नुरी मस्जिदको पुनःस्थापनाका क्रममा इस्लामिक स्टेट समूहका जिहादीहरूले वर्षौंअघि लुकाएका पाँचवटा बम फेला पारेको बताएको छ ।

संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सी (युनेस्को)का एक प्रतिनिधिले ताएअनुसार साइटको पुनःस्थापना गर्ने क्रममा टोलीले मङ्गलबार प्रार्थना हलको दक्षिणी पर्खालमा उक्त क्षेत्रलाई विनाश गर्न सक्ने गरी बनाइएको पाँचवटा ठूलो मात्राको विस्फोटक उपकरणहरू फेला पारेको थियो ।

बाह्रौँँ शताब्दीको मोसुलको अल–नुरी मस्जिद आइएसबाट सहर पुनः प्राप्त गर्ने लडाइँको क्रममा नष्ट गरिएको थियो । तीन वर्षसम्म मोसुल कब्जा गरेको आइएसले उक्त स्थानमा विस्फोटक पदार्थ राखेको इराकी सेनाले आरोप लगाएको छ ।

युनेस्कोले सहरमा मस्जिद र अन्य वास्तुकलात्मक सम्पदास्थलहरू पुनःस्थापना गर्ने काम गरिरहेको छ । यसको धेरै भाग सन् २०१७ मा पुनः प्राप्तिको लडाइँमा भग्नावशेषमा परिणत भएको थियो । “इराकी सशस्त्र बलले तुरुन्तै क्षेत्र सुरक्षित गर्यो र स्थिति अहिले पूर्ण रूपमा नियन्त्रणमा छ”, युनेस्कोले बताएको छ ।

युनेस्कोले पाचँमध्ये एउटा बम उक्त स्थानबाट हटाइएको छ तर अन्य चार उपकरणहरू एकअर्कासँग जोडिएको कारण केही दिनभित्र हटाइने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही,

दक्षिण कोरियामा सामसुङका कामदारहरूद्वारा हड्ताल घोषणा

तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू तत्काल हडतालमा जाने एक युनियन

चीनद्वारा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ