आईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत



अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन प्रतिकूल परिस्थितिको बावजुद बलियो रहेको र मात्रात्मक लक्ष्यहरू प्राप्त भएका र संरचनात्मक महत्त्वका क्षेत्रमा समयमै वा छोटो समयमा नै लागू गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

आईएमएफले गत अप्रिलमा जारी गरेको आर्थिक विवरणमा अघिल्लो तीन दशमलव दुई प्रतिशतको पूर्वानुमानको तुलनामा सन् २०२४ मा युक्रेनको जीडीपी वृद्धिको लागि दुई दशमलव पाँच र तीन दशमलव पाँच प्रतिशतको दायरामा आफ्नो पूर्वानुमान परिमार्जन गरेको छ ।

आईएमएफले युक्रेनमा रूसी सैन्य कारबाहीमा हालैका घटनाक्रमका कारण त्यहाँको पूर्वाधारमा क्षति पुर्याएको रूसी आक्रमणको वृद्धिका कारण उपभोक्ताको भावना र व्यवसायिक विश्वासमा आएको गिरावटलाई औंल्याएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो जुनको सुरूमा किएभलाई समर्थन गर्न हाल उपलब्ध रहेको सहायता कार्यक्रमको चौथो समीक्षाको बारेमा युक्रेनी सरकारसँग सम्झौतामा पुगेको घोषणा गरेको छ । यसले दुई अर्ब २० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने ढोका खोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही,

दक्षिण कोरियामा सामसुङका कामदारहरूद्वारा हड्ताल घोषणा

तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू तत्काल हडतालमा जाने एक युनियन

चीनद्वारा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ