आधाभन्दा धेरै सुडानीहरू गम्भीर खाद्य असुरक्षाको सामना गर्दै



 

करिब दुई करोड ५६ लाख अर्थात सुडानको आधाभन्दा धेरै जनसङ्ख्याले उच्चस्तरको ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले उदृत गरेको एक प्रतिवेदनमा बताइएको छ ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) का अनुसार उक्त सङ्ख्यामा सात लाख ५५ हजारले भोकमरीको सामना गरिरहेका छन् भने ८५ लाख मानिसले ‘आपत्कालीन’ स्थितिको सामना गरिरहेका छन् ।

अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना र उहाँका पूर्व डेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भएपछि सुडान सन् २०२३ देखि युद्धको चपेटामा परेको छ ।

युद्धले हजारौँको ज्यान लिएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र संसारको सबैभन्दा खराब मानवीय सङ्कटमध्ये एकलाई जन्म दिएको छ ।

“द्वन्द्वको १४ महिनापछि सुडानले देशमा आइपिसीले रेकर्ड गरेको अहिलेसम्मको सबैभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरिरहेको छ”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले डिसेम्बरमा प्रकाशित पछिल्लो आँकडाको तुलनामा ‘खाद्य सुरक्षाको स्थितिमा गम्भीर र तीव्र गिरावट’ तर्फ सङ्केत गरेको छ । यसमा उच्चस्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्ने मानिसहरूमा ४५ प्रतिशतले वृद्धि भएको छ ।

“द्वन्द्वले ठूलो मात्रामा विस्थापन र आपूर्ति मार्गमा व्यवधान मात्र उत्पन्न गरेको छैन, यसले आवश्यक मानवीय सहायतासम्मको पहुँचलाई पनि गम्भीररूपमा सीमित गरेको छ, जसले स्थिति पहिलाभन्दा गम्भीर भएको छ”, अत्यधिक खराब स्वास्थ्य सेवाहरू, जल प्रदूषण र खराब सरसफाइ तथा स्वच्छताको अवस्थालाई उदृत गर्दै आइपिसीले भनेको छ ।

द्वन्द्वग्रस्त क्षेत्रहरूमा फँसेका मानिसहरू र लडाइँबाट आन्तरिक वा विदेशमा भागेकाहरू विशेषरूपमा खाद्य असुरक्षाप्रति संवेदनशील भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घीय विशेषज्ञहरूले द्वन्द्वका दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको एक दिनपछि आइपिसीको प्रतिवेदन आएको छ ।

राष्ट्रसङ्घका चार स्वतन्त्र अधिकार विशेषज्ञहरूले बुधबार सेना र आरएसएफ दुवैलाई सैन्य सहायता प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा ‘सहभागी’ रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट १३ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता

इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता

इरानको राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियानलाई ४२.४ र जलिलीलाई ३८.६ प्रतिशत मत प्राप्त

इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एक मात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी

उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध

उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई

उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले