इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै



जेरुसेलमले उत्तरी गाजामा हमासको शासनलाई विस्थापित गर्ने योजना चाँडै सुरु गर्ने इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले बताएका छन् ।

रेइचम्यान युनिभर्सिटीको वार्षिक हर्जलिया सम्मेलनमा बोल्दै हानेग्बीले हमासको सैन्य क्षमताको पतनले गाजामा हमास शासनको अन्त्य हुने बताए । उनले हमासको अन्त्य चाहने देशलाई यस प्रक्रियामा सामेल हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनाले गाजालाई हमासको उपस्थितिबाट टाढा राख्ने पहल जारी रहेको र गाजाको नयाँ नेतृत्वमा इजरायलको अब्राहम सम्झौताका साझेदारहरू, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घ समावेश हुने बताए ।

“हामी धेरै महिनादेखि यस धारणाको बारेमा कुरा गर्दै आएका छौं । हमासलाई विस्थापित गर्नका लागि हामीले अब पर्खनु आवश्यक छैन किनकि त्यो प्रक्रियाले लामो समय लिन सक्छ,” उनले भने ।

अमेरिकाले इजरायली अधिकारीलाई युद्धको अन्त्यपछि गाजाको शासनका लागि स्पष्ट दृष्टिकोण विकास गर्न दबाब दिएको छ । बाइडेन प्रशासनले इजरायलले गाजा कब्जा गरेकोमा विरोध जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको सैन्य र प्रशासनिक क्षमताहरूको विनाश, सबै बन्धकहरूको फिर्ती र गाजाले अब इजरायललाई खतरा नभएको सुनिश्चित गर्नु इजरायलको तीनवटा युद्ध लक्ष्य रहेको बताए ।

अमेरिकाबाट सञ्चालित पञ्चबोल न्यूजसँगको अन्तर्वार्तामा शुक्रबार प्रधानमन्त्री नेतान्याहूले युद्धपछिको असैन्यीकृत गाजालाई अरब देशहरूको सहयोगमा नागरिकद्वारा सञ्चालित प्रशासनले निरीक्षण गर्ने बताए । उनले सो अवसरमा ‘हमासलाई सत्ताच्युत गर्ने प्रक्रिया’ बारे पनि उल्लेख गरेका थिए ।

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तिमा एक हजार २०० मानिस मारिएका थिए भने २५२ इजरायली र विदेशीहरूलाई बन्धक बनाइएको थियो ।

कम्तीमा आक्रमणको बदलामा इजरायलले प्यालेष्टिनी गाजा क्षेत्रमा चलाएको हवाई तथा स्थल कारबाहीमा ३७ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे