भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने



 

निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले बताएको छ । यद्यपि उसले भ्रमणको निश्चित मिति दिन अस्वीकार गरेको छ ।

दुई वर्षभन्दा धेरै समयअघि मस्कोले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि यो मोदीको पहिलो रुस भ्रमण हुनेछ ।  द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।

“हामीले भ्रमणको तयारी गरिरहेका छौँ, हामी तपाईंलाई समयमै सूचित गर्नेछौँ”, भारतीय र रुसी सञ्चारमाध्यमा मोदीले जुलाईको सुरुमा मस्कोको भ्रमण गर्ने योजना बनाइरहेको बारे प्रश्न गर्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्छन् तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ ।

सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताएका थिए ।

भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो ।

यसले भारतीयहरूसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ । यद्यपि नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन । विशेषगरी यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो । उक्त विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो ।

भारत पनि रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । पश्चिममा रुसलाई परम्परागत बजारहरूबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ ।

हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित भएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी सहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे