कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू



कतारमा स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ । नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गरेका हुन् ।

परियोजनामा मुख्यतया स्मार्ट फोहोर अपशिष्ट व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्रीय सञ्चालन कमान्ड प्लेटफर्मको कार्यान्वयन समावेश छ ।

यी पहलहरू २०२४/०३० को लागि मन्त्रालयको रणनीति अनुरूप ल्याइएका हुन् । परियोजनाको लक्ष्य जीवनको गुणस्तर अनुकूलन, समृद्धि, शहरी आधुनिकीकरण, सेवा उत्कृष्टता र डिजिटल रूपान्तरणमा केन्द्रित छ ।

मन्त्री अतियाहले स्मार्ट सोलुसन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आधुनिक प्रविधिको उपयोग गर्दै मन्त्रालयको सेवाको डिजिटल रूपान्तरण हासिल गर्न यी नयाँ प्रणालीहरूको सुरुवात अभिन्न अङ्ग भएको उल्लेख गर्दै नयाँ र आधुनिक परियोजना र पहलको कार्यान्वयनमार्फत आफ्नो सार्वजनिक सेवालाई सुदृढ गर्न मन्त्रालयको प्रतिबद्धतालाई पुष्टि गरे ।

उनले भने, “यसको लक्ष्य जनतालाई प्रदान गरिने सेवाहरूमा उच्चतम स्तरको प्रदर्शन, गुणस्तर र उत्पादकत्व हासिल गर्नु र परिचालन लागत पनि कम गर्नु र स्मार्ट, हरित र दिगो शहरहरूतर्फ प्रगति गर्नु हो ।

परियोजनाले सवारी साधन र चालकको आवागमन र अनुपालनको निगरानी गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे