सिबिआईद्वारा निट युजी परीक्षामा भएको अनियमितताको छानबिन गर्न विशेष टोली गठन



 

राष्ट्रिय योग्यता–सह–प्रवेश परीक्षा (निट–युजी) परीक्षा सन् २०२४ मा कथित अनियमितताहरूको अनुसन्धान आफ्नो हातमा लिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले विशेष टोली गठन गरेको केन्द्रीय एजेन्सीले जनाएको छ ।
सिबिआईका अनुसार बिहारको पटना र गुजरातको गोधरामा विशेष टोलीहरू पठाइँदैछ । त्यहाँ स्थानीय प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।

“सिबिआईले आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । यस विषयलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ ।  विशेष सिबिआई टोलीहरू पटना र गोधरा पठाइएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

यो केन्द्र सरकारले सिबिआईलाई निट–युजी परीक्षा सन् २०२४ मा भएको कथित अनियमितताको विषयमा विस्तृत अनुसन्धानको जिम्मा दिएपछि आएको हो ।

राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले सन् २०२४ मे ५ मा ओएमआर (पेन र पेपर) मोडमा निट–युजी परीक्षा सञ्चालन गरेको थियो  ।

सञ्चालनमा पारदर्शिताका लागि परीक्षा प्रक्रियाको समीक्षापछि भारत सरकारको शिक्षा मन्त्रालयले यस विषयमा विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) लाई जिम्मा दिने निर्णय गरेको छ ।

निट–युजी परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षण एजेन्सी (एनटिए) ले परीक्षामा अनियमितता भएको भन्दै आलोचनाको सामना गरिरहेको छ । यसले देशभरि धेरै प्रदर्शनहरू निम्त्याएको छ । प्रदर्शनकारी र राजनीतिक दलहरूले एनटिए खारेज गर्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे