भारतमा परीक्षामा अनियमितता गर्नेलाई १० वर्ष जेल र १० मिलियन भारु जरिवाना



भारत सरकारले शुक्रबारदेखि परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ।

नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ ।

यस वर्षको फेब्रुअरीमा भारतीय संसदले पारित गरेको नयाँ कानून सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ ।

राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी र नागरिक समाज समूहले गरेको व्यापक विरोध प्रदर्शनको परिणामस्वरुप यो महत्वपूर्ण कानुन लागू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने

नयाँदिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले नजिकिँदे गरेको छठ पूजा र दिवालीको अवसरमा

आँधीका कारण नयाँ चालक दलसहितको नासाको मिसन प्रक्षेपण स्थगित

लस एन्जलस । नासा र स्पेसएक्सले उष्णकटिबंधीय आँधीको चिन्ताको कारणले नयाँ चालक दलसहितको

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान

इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने