एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत



एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारी मार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ ।

एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विज्ञप्तिमा, इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी सङ्घीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु हो ।

सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नीति, कानुनी र संस्थागत ढाँचालाई सुदृढ पार्दै मिसन हासिल गरिनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै नियाजले विकास प्रक्रियामा निजी क्षेत्रको सहभागिताको लक्ष्य हासिल गर्न यो कार्यक्रमले लामो यात्रा तय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने

नयाँदिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले नजिकिँदे गरेको छठ पूजा र दिवालीको अवसरमा

आँधीका कारण नयाँ चालक दलसहितको नासाको मिसन प्रक्षेपण स्थगित

लस एन्जलस । नासा र स्पेसएक्सले उष्णकटिबंधीय आँधीको चिन्ताको कारणले नयाँ चालक दलसहितको

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान

इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने