अमेरिका भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ताको पक्षमा



अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले अमेरिकाले भारत र पाकिस्तानशबच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताएका छन् ।

उनले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको र दुबै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया सुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भने, “हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत– पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छाैँ । तर, गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन ।”

जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका थिए ।

“तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई । हामी घृणालाई आशाले प्रतिस्थापन गरौं र दक्षिण एसियाका दुई अर्ब मानिसहरूको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ,” पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले सामाजिक सञ्जाल एक्समामार्फत शुभकामना दिएका थिए ।

नवाज सरिफको बधाई सन्देशको जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले

उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो

  गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण

अफगानिस्तानमा बाढीमा परी सात जनाको मृत्यु, १० बेपत्ता

मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता