गैरकानुनी रूपमा हिरासतमा राखिएका कैदी बालबालिका र नागरिक फिर्ता गर्न जेलेन्स्कीको माग



स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा हिरासतमा रहेका बालबालिका र सबै युद्धबन्दीलाई युक्रेनमा फिर्ता गर्नुपर्ने बताएका छन् ।

युक्रेनमा युद्धको अन्त्य गर्ने मार्ग निर्माण गर्न समर्पित स्विजरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा सहभागी ८० भन्दा बढी अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू सहमत भएपनि केही प्रमुख शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्न अस्वीकार गरेका थिए ।

युद्धबन्दीको आदानप्रदानद्वारा सबैलाई रिहा गरिनुपर्ने, निर्वासित र गैरकानुनी रूपमा विस्थापित युक्रेनी बालबालिका, र हिरासतमा राखिएका सबै युक्रेनी नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्ने सम्मेलनपछि पत्रकारसँगको कुराकानीमा उनले बताए ।

आणविक सुविधाहरू सुरक्षित गरिनुपर्ने र जापोरिज्झयालगायतका आणविक संयन्त्रहरू युक्रेनको नियन्त्रणमा हुनुपर्ने पनि उनले बताए ।

युक्रेनले ब्ल्याक र अजोभ सीमा व्यापारिक जहाज र नागरिक बन्दरगाह पूर्वाधारमा भएका आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेको छ । उनले खाद्य सुरक्षालाई युद्धमा हतियारको रूपमा प्रयोग नगर्न पनि जोड दिए ।

भारत, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सलगायत ब्रिक्स आर्थिक समूहका सदस्यको रूपमा रुससँग व्यापारिक सम्बन्ध भएकाहरु बैठकमा सहभागी भएपनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न सहमत भएनन् ।

जुन १५ र १६ मा सञ्चालित शान्ति शिखर सम्मेलनमा रूसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाब दिन ९२ देश र सङ्गठनका प्रतिनिधि भेला भएका थिए भने रूसलाई निमन्त्रणा गरिएको थिएन । चीन शिखर सम्मेलनबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक गर्मीका कारण पाकिस्तानको कराँचीमा २५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण

इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै

जेरुसेलमले उत्तरी गाजामा हमासको शासनलाई विस्थापित गर्ने योजना चाँडै सुरु गर्ने इजरायली राष्ट्रिय

दक्षिण अफ्रिकामा अवैध शिकार रोक्न पहिलोपटक गैँडामा रेडियोधर्मी सामग्री जडान

दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले

काङ्ग्रेसले संसदमा जनताको प्रतिनिधित्व गर्ने विपक्षी नेता गान्धीको भनाइ

भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक