दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने



अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने तेस्रो चरणको वार्तामा सहभागी हुने एक सरकारी प्रवक्ताले आइतबार बताएका छन् ।

पहिलो चरणको वार्तामा तालिबानलाई निमन्त्रणा नगरिएको र दोस्रो चरणको वार्ताको निमन्त्रणालाई अस्वीकार गरेका कारण अफगानिस्तानका लागि विदेशी विशेष दूतहरूको सम्मेलनमा तालिबान सरकारको सहभागिता शङ्काको घेरामा परेको थियो ।

“इस्लामिक इमिरेटको एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिनेछ, प्रतिनिधिमण्डलले त्यहाँ अफगानिस्तानको प्रतिनिधित्व गर्नेछ र अफगानिस्तानको अवस्था बताउनेछ”, प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने ।

दोहामा वार्ता जुन ३० र जलाई १ मा हुनेछ तर महिला समूहहरूले पहिला नै यसको आलोचना गरिसकेका छन् ।

वार्ताको एजेन्डा ‘अफगानिस्तानका लागि लाभदायक’ देखिएकाले एक प्रतिनिधिमण्डलले वार्तामा भाग लिने मुजाहिदले आइतबार अफगान सञ्चारमाध्यमलाई बताए । यद्यपि प्रतिनिधिमण्डलको घोषणा गरिएको छैन ।

“एजेन्डामा अफगानिस्तानका लागि सहायता र लगानीकर्ताहरूका लागि अवसर सृजना गर्नेजस्ता विषय सामेल छन्, यो महत्त्वपूर्ण छ”, उनले भने ।

राष्ट्रसङ्घका अनुसार सन् २०२३ मे मा महासचिव एन्टोनियो गुटेरेसद्वारा सुरु गरिएको वार्ताको शृङ्खलाको उद्देश्य ‘अफगानिस्तानसँग थप सुसङ्गत, समन्वित र संरचित तरिकाले अन्तर्राष्ट्रिय संलग्नतालाई बढाउनु’ रहेको छ ।

फेब्रुअरीको वार्तामा महिलासहित नागरिक समाज समूहहरूलाई आमन्त्रित गरिएको थियो तर अफगानिस्तानको एक मात्र प्रतिनिधि नभएसम्म तालिबान सरकारले भाग लिन अस्वीकार गर्यो ।

यसमा गुटेरेससँग भेट्न पनि अनुरोध गरिएको थियो । तालिबानले सो बेला सहभागिताका लागि निर्धारित सर्तहरू ‘स्वीकार्य नभएको’ बताएको थियो ।

हालैका साताहरूमा राष्ट्रसङ्घका धेरै प्रतिनिधि र अन्तर्राष्ट्रिय दूतहरूले आगामी दोहा वार्तामा तालिबान सरकारसँग बैठकहरू गरेका छन् । दोहा वार्तामा गुटेरेसले भाग लिनुहुने छैन ।

कूटनीतिक स्रोतका अनुसार आगामी वार्ताअघि र पछि अफगान नागरिक समाज समूहहरूसँग परामर्श गर्ने योजना थियो तर उनीहरूले तालिबान अधिकारीहरू सहभागी हुने बैठकमा भाग लिने छैनन् ।

आधिकारिक बैठक वित्त र आर्थिक मुद्दाका साथै मादक पदार्थ विरोधी प्रयासहरूलाई कभर गर्नका लागि भएको स्रोतले बताएको छ ।

धेरै नागरिक समाज समूहले राष्ट्रसङ्घसँग महिला अधिकारलाई प्राथमिकता दिन र अफगान महिलाहरूलाई सामेल गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गरेको प्रधानमन्त्रीको

भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

  निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले बताएको

माटो र पत्थरका नमुना लिएर चन्द्रमाबाट फर्कियो चिनियाँ अन्तरिक्षयान

बीबीसी । चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन

राष्ट्रसङ्घद्वारा विकिलिक्सका संस्थापक असान्ज नजरबन्द मुक्तिको स्वागत

संयुक्त राष्ट्र संघले विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित