इटली र जर्मनीद्वारा युक्रेन युद्ध अन्त्य गर्ने पुटिनको प्रस्ताव अस्वीकार



बीबीसी । भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्नका लागि अघि सारेका युद्ध विरामका सर्तलाई इटली र जर्मनीका नेताहरूले जोडदार रूपमा अस्वीकार गरेका छन् ।

द्वन्द्व अन्त्यका लागि छलफल गर्न स्विट्जरल्यान्डमा आयोजित दुई दिने शिखर सम्मेलनमा विभिन्न देशका नेताहरू जुटेका छन् । इटलीकी प्रधानमन्त्री जोर्जा मलोनीले रुसी राष्ट्रपतिले अघि सारेका योजनामा ‘युक्रेन युक्रेनबाटै फिर्ता हुनुपर्ने’ भनिएको जनाउँदै त्यसलाई प्रोपागान्डा बताइन् ।

जर्मन चान्सलर ओलाफ सोल्जले त्यस प्रस्तावलाई ‘तानाशाही शान्ति’ बताउँदै खारेज गरेका छन् । शिखर सम्मेलनमा जारी गरिएको घोषणाको एउटा प्रस्तावमा युक्रेनको भौगोलिक अखण्डताप्रति पुनःप्रतिबद्धता व्यक्त गर्दै उक्त देशविरुद्ध हुने कुनै पनि आणविक खतरालाई प्रस्ट रूपमा अस्वीकार गरेको छ ।

आइतबार औपचारिक रूपमा पारित हुने तय गरिएको उक्त दस्ताबेजले विश्व खाद्य सुरक्षाका लागि ब्ल्याक सी र अजोभ सागरमा व्यावसायिक जल पारवहनको सुरक्षाको कुरा समेत उठाएको छ ।

गत शुक्रबार पुटिनले यदि युक्रेनले रुसले आंशिक रूपमा कब्जा गरेको र उसले आफ्नोमा गाभेको दाबी गर्ने चार क्षेत्रहरूबाट सेना फिर्ता गरेमा युद्ध विरामका लागि सहमत हुने दाबी गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चीफ अफ स्टाफ आन्री येरमाकले स्वतन्त्रता, सार्वभौमसत्ता वा भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताए युक्रेनमा शान्ति सम्बन्धी दुई दिने सम्मेलनअघि पुटिनले आफ्ना सर्तहरू सार्वजनिक गरेका थिए। जारी सम्मेलनले युद्ध अन्त्यका लागि आधारभूत सिद्धान्तमा छलफल गर्ने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गरेको प्रधानमन्त्रीको

भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

  निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले बताएको

माटो र पत्थरका नमुना लिएर चन्द्रमाबाट फर्कियो चिनियाँ अन्तरिक्षयान

बीबीसी । चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन

राष्ट्रसङ्घद्वारा विकिलिक्सका संस्थापक असान्ज नजरबन्द मुक्तिको स्वागत

संयुक्त राष्ट्र संघले विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित