इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद



इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकको शव भेटेको जनाएको छ ।

बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक गरिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मृत भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मुलका ब्राजियाली नागरिक मिशेल निसेनबाम र फ्रान्सेली मुलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स रहेका छन् ।

अक्टोबर सातमा हमास लडाकुहरूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो ।

यसैगरी, गाजा नजिकैको इजरायली सहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिम पटक सम्पर्क भएको थियो ।

बाँकी बन्धकहरूको सुरक्षित रिहाइ गर्न बढ्दो दबाबबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्, “श्रीमती सारा र म इजरायली जनतासँगै रहेर गहिरो दुःख एवम् समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभुति प्रकट गर्दछौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदिरा सेवनबाट विश्वमा वार्षिक २६ लाखको मृत्यु 

  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनबाट बर्सेनि करिब २६ लाख मानिसको

रुसका सेना प्रमुख र पूर्वमन्त्रीविरुद्ध आइसिसीद्वारा पक्राउ पुर्जी जारी

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा

पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गरेको प्रधानमन्त्रीको