पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने



पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन् ।

हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उनले बताए ।

देशले अन्वेषणमा विश्वका प्रसिद्ध अन्वेषकहरूलाई आकर्षित गर्ने सक्रिय प्रयास गरिरहेको प्रकाश पार्दै मलिकले पाकिस्तान व्यापारका लागि खुला रहेको र पारदर्शिता बढाउन नियामक प्रक्रियालाई पूर्ण रूपमा आधुनिकिकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

लगानी प्रक्रिया, तेल र ग्याँस अन्वेषणसम्बन्धी जानकारीलाई डिजिटल र सरलीकृत गरिएको उल्लेख यर्दै उनले यस क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरूलाई स्वागत गर्दै आएको उल्लेख गरे ।

देशमा ऊर्जाको बढ्दो मूल्यबारे कुरा गर्दै मन्त्रीले पेट्रोलियम पदार्थको उत्पादन सर्वोच्च प्राथमिकता रहेकाले निर्बाध र किफायती ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

बिजुलीको शुल्क घटाउने विभिन्न प्रस्तावहरू कार्यान्वयन भइरहेका छन् । कुशल पावर प्लान्टहरूमा स्थानीय ग्यास आपूर्ति गरेर, बिजुलीको लागत कम गर्न सकिने उनले बताए । उनका अनुसार टेक्नोलोजी प्रयोग गरेर ग्यास नेटवर्कको व्यापक निगरानीसहित आधुनिक प्रणालीहरू सहरी ग्यासको नोक्सानसँग लड्न प्रयोग भइरहेको छ ।

मन्त्रीले पाकिस्तानको प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग बढाउन आह्वान गर्दै देशको सौर्य ऊर्जा लागतमा उल्लेखनीय कमी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गरेको प्रधानमन्त्रीको

भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

  निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले बताएको

माटो र पत्थरका नमुना लिएर चन्द्रमाबाट फर्कियो चिनियाँ अन्तरिक्षयान

बीबीसी । चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन

राष्ट्रसङ्घद्वारा विकिलिक्सका संस्थापक असान्ज नजरबन्द मुक्तिको स्वागत

संयुक्त राष्ट्र संघले विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित