पूर्वी अफ्रिकामा भारी वर्षा र बाढीले १६ लाख मानिस प्रभावित



 

भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा चार सय ७३ जनाको ज्यान गएको र झण्डै चार लाख १० हजार तीन सय ५० मानिस विस्थापित भएको बताएको छ ।

यस क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सरकारहरूलाई सहयोग गर्न जारी राख्ने र आवश्यकता मूल्याङ्कनहरू सञ्चालन गर्ने, उपलब्ध स्टकहरू पूर्व–स्थितिमा राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसिएचएले बताएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको छ, “भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इटालीको क्याप्रीमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

मुख्य भूमिबाट पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको

बंगलादेशमा पुल भत्किएर माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा नौ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा

इटालीमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४

युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण

रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात “ठूलो“ आक्रमण गरेको युक्रेनले