अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्यो: चीन



गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्ने बताउनु भएको छ । प्रवक्ता माओ निङले दैनिक प्रेस ब्रिफिङमा अल्जेरियाको मस्यौदा प्रस्तावको विरुद्धमा अमेरिकी मतदान बारे टिप्पणी गर्न सोध्दा सो धारणा राखेका हुन् ।

गाजा द्वन्द्वसँग सम्बन्धित मस्यौदा प्रस्तावमा अमेरिकाले भिटो लगाएको यो तेस्रो पटक हो।माओले लामो समयदेखि प्यालेस्टाइन–इजरायली द्वन्द्वले गाजामा विनाशकारी मानवीय अवस्था निम्त्याएको र क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पारेको बताएका छन् ।

अरब राष्ट्रहरूको तर्फबाट अल्जेरियाले पेश गरेको मस्यौदा प्रस्तावमा गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको तत्काल रिहाइ, मानवीय आपूर्तिको सुनिश्चितता पहुँच र जबरजस्ती विस्थापन अस्वीकार गर्न माग गरिएको छ ।

त्यहाँको परिस्थितिले तुरुन्तै आवश्यक कदम चाल्न माग गरेको र मानवताको न्यूनतम आवश्यकताको आधारमा मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का सदस्यहरूको अत्यधिक बहुमतले समर्थन गरेको थियो र चीनले यसको पक्षमा मतदान गरेको माओले बताए ।

प्रवक्ता माओले सुरक्षा परिषद्लाई थप जिम्मेवार र अर्थपूर्ण कार्यहरू गर्दै गाजामा युद्धविरामका लागि अथक प्रयास गर्न, मानवीय अवस्थालाई सहज बनाउन चीन अन्तरराष्ट्रिय समुदायका सबै पक्षहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि