उक्साइरहे आणविक हमला गर्न नहिच्किचाउने उत्तर कोरियाली नेता किमको चेतावनी



उत्तर कोरियाले ‘शत्रुले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताएका हुन् ।

यद्यपि सियोल र उसका सहयोगीले ‘बिना शर्त वार्ता’ गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच भएको बैठकपछि किमले यस्तो चेतावनी दिएका हुन् ।

बैठकको कार्यसूचीमा ‘आणविक र रणनीतिक योजना’ समावेश गरिएको थियो र सहयोगीहरूले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियामाथि प्योङयाङले गरेको कुनै पनि आणविक आक्रमणले उत्तर कोरियाली शासनको अन्त्य हुने कुरा दोहोर्याएका थिए ।

तर किमले आफ्नो सेनाको क्षेप्यास्त्र ब्युरोलाई ‘शत्रुले आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न समेत नहिचकिचाउन’ भनेको प्योङयाङको कोरियाली केन्द्रिय समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।

त्यसको केही समयपछि वासिङ्टन, सियोल र टोकियोले वक्तव्य जारी गर्दै आणविक शक्ति सम्पन्न मुलुकलाई ‘थप उक्साहट नगर्न र बिना कुनै पूर्वशर्त ठोस वार्तामा संलग्न हुने आह्वानलाई स्वीकार गर्न’ आग्रह गरेका थिए ।

यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको कीर्तिमानी शृङ्खलाको सामना गर्दै तीनै देशले प्रतिरक्षा सहयोग बढाएका छन् र मङ्गलबार उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको तथ्याङ्क सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

उत्तर कोरियाले सोमबार आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ह्वासोङ–१८ प्रक्षेपण गरेको थियो र पछि यसलाई वासिङ्टन र उसका सहयोगीहरूको निरन्तरको ‘सैन्य खतरा’ को रक्षाका लागि गरिएको बताएको थियो ।

गत हप्ता दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी पुगेको थियो र बुधबार वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा आफ्ना लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

उत्तर कोरियाले हालै ‘कोरियाली प्रायद्वीप कानुनअनुसार युद्धको अवस्थामा रहेको’ र वासिङ्टनले दक्षिणमा तैनाथ गरेको ‘रणनीतिक सम्पत्ति’ विनाशको पहिलो निशाना हुने बताएको छ ।

गत अक्टोबरमा सियोल, टोकियो र वासिङ्टनको पहिलो संयुक्त हवाई अभ्यासमा आणविक हतियार बोक्न सक्ने अमेरिकी बी–५२ बमवर्षक विमानले भाग लिएपछि प्योङयाङले उक्त अभ्यासलाई ’अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।

प्योङयाङले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र लामो समयदेखि क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा न्यायोचित ठहर्याउँदै आएको छ ।

प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक गर्मीका कारण पाकिस्तानको कराँचीमा २५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण

इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै

जेरुसेलमले उत्तरी गाजामा हमासको शासनलाई विस्थापित गर्ने योजना चाँडै सुरु गर्ने इजरायली राष्ट्रिय

दक्षिण अफ्रिकामा अवैध शिकार रोक्न पहिलोपटक गैँडामा रेडियोधर्मी सामग्री जडान

दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले

काङ्ग्रेसले संसदमा जनताको प्रतिनिधित्व गर्ने विपक्षी नेता गान्धीको भनाइ

भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक