रूस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले रूस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले गत महिना पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ६ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताएका थिउ ।

यो वार्ता यसै महिना सुरू हुने अपेक्षा गरिएको छ । राष्ट्रपति कार्यालयका एक मन्त्री खुम्बुद्जो एनतशाभेनीले दक्षिण अफ्रिकाले शान्ति शिखर सम्मेलन आयोजना गर्ने सम्भावनालाई ग्रहण गर्ने बताए ।

यसअघि बिहीबार दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनसँग रामाफोसाको फोनमा कुराकानी भएको जनाएको थियो । कुराकानीका अवसरमा रूसी नेताले अफ्रिकी राष्ट्रप्रमुखहरूको पहलको स्वागत गर्दै शान्ति अभियानलाई स्वीकार गर्ने इच्छा व्यक्त गरेका बताइएको छ ।

रामाफोसाले गत महिना घोषणा गरेको प्रतिनिधिमण्डलमा कङ्गो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन् । दक्षिण अफ्रिकाले क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि आफ्नो तटस्थताको साखलाई चम्काउन खोजिरहेको बेला शान्तिवार्ताको तयारीबारे जानकारी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एकजनाको मृत्यु

नयाँदिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको

अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ

ह्युस्टन । आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षका छोरालाई विदेश यात्रामा प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिथा राजापाक्षलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ

जापानको ओसाकाद्वारा एक्स्पो २०२५ अगाडि सडकमा धुम्रपान गर्न प्रतिबन्ध

टोकियो । यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा