भारतमा पर्यटन लयमा फर्किंदै, सन् २०२२ मा करिब ६२ लाख विदेशी पर्यटकद्वारा भारत भ्रमण



भारतमा कोभिड महामारीपछि विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । भारतमा सन् २०२२ मा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएका पर्यटन मन्त्रालयले जनाएको छ ।कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी पर्यटक मात्र भारत आएका थिए ।

अध्यागमन विभागको तथ्याङ्कलाई उदृत गर्दै पर्यटन मन्त्रालयले कोभि महामारीपछि यो पुन : उत्थानको सङ्केत भएको जनाएको छ ।

कोभिडजन्य परिस्थितिका कारण पर्यटनमा समस्या आउनु पहिले सन् २०१९ मा एक करोड नौ लाख ३० हजार विदेशी पर्यटक भारत आएका विभागले जानकारी गराएको छ । मन्त्रालयले आन्तरिक तथा बाह्य पर्यटकका लागि चौबिसै घण्टा बहुभाषिक पर्यटक सूचना हेल्पलाइन स्थापना गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान

जापानमा गर्मीको उच्च रेकर्ड कायम

जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध

सियोल । उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ

गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको