रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकी चेतावनी



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी क्षेत्रमा भइरहेको लडाइँको अग्रभागमा रहेको बख्मुत सहरको अवस्था झन् कठिन बन्दै गइरहेको बताएका छन् ।

रुसी सेनाले छ महिनाभन्दा लामो समयदेखि उक्त सहर कब्जा गर्ने प्रयास गरिरहेको छ । हालसम्म रहेका स्थानहरू जोगाउन प्रयोग गर्न सकिने सबै कुरा दुस्मनले लगातार ध्वस्त पारिरहेका उनले बताएका छन् ।

अमेरिकी अर्थमन्त्री जेनेट यलनले सोमबार किएभ भ्रमणको क्रममा रुसलाई हतियार सहयोग नगर्न चीनलाई चेतावनी दिएपछि जेलेन्स्कीले आफ्नो स्थितिबारे जानकारी दिएका हुन् ।

रुसले एक वर्षअघि युक्रेनमा आक्रमण गरे यताका केही विध्वंसकारी लडाइँ दोनेत्स्क क्षेत्रको बख्मुतमा भएको छ । उक्त सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ ।

हालसालै रुसी सेनाले त्यस औद्योगिक सहरलाई कब्जा गर्ने प्रयास तीव्र बनाएको छ र उसका सेना युद्ध मैदानमा निकै अगाडि बढिरहेका छन् । स्वघोषित दोनेत्स्क पिपल्स रिपब्लिकका पृथकतावादी नेता डेनिस पुश्लिनले सहर प्रवेश गर्ने सबै सडकहरू व्यावहारिक रूपमा हमला हुन सक्नेगरि नियन्त्रणमा रहेको बताए ।

नियमित सम्बोधनमा त्यहाँको परिस्थितिबारे बोल्दै राष्ट्रपति जेलेन्स्कीले, रुसको नयाँ आक्रमण नीतिका कारण बख्मुतसम्म पुग्ने व्यवस्था र त्यस भूभागको रक्षा सुनिश्चित गर्न कठिन भइरहेको जनाएका छन् ।

सोमबार किएभको आकस्मिक भ्रमणका क्रममा जेनेट यलनले युक्रेनलाई १.२५ अर्ब डलरको आर्थिक तथा बजेट सहायता घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्विडेनको एक शिक्षा केन्द्रमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु

युएसएडले आफ्ना सबै कर्मचारीलाई बोलायो फिर्ता

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले आफ्ना विदेशी पोस्टिङबाट

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव

वासिङ्टन । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको

ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको