इटलीमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुग्यो



दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ।

दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन् ।

उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए । घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए ।

इटलीको आन्सा समाचार एजेन्सीका अनुसार मृतकमध्ये केही महिनाको एउटा बच्चासमेत रहेको ठानिएको छ। तट रक्षकले डुबेपछि किनारसम्म पुग्न सफल भएकासहित ८० जनालाई जीवितै फेला पारेको जनाएका छन् ।

डुङ्गा दुर्घटना हुँदा त्यसमा कति मानिस थिए भन्नेबारे यकिन सङ्ख्या स्पष्ट छैन। केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस।  अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मंगलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण

आगलागीबाट नाइजेरियामा १७ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान