इजरायली आक्रमणबाट वेस्ट बैंकमा ११ प्यालेस्टाइनीको मृत्यु



इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने एकसय जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन ।

नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

आइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ।

इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए। त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तिमा १०२ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्विडेनको एक शिक्षा केन्द्रमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु

युएसएडले आफ्ना सबै कर्मचारीलाई बोलायो फिर्ता

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले आफ्ना विदेशी पोस्टिङबाट

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव

वासिङ्टन । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको

ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको