जी–७ का देश रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत



सात राष्ट्रहरूको समूह (जी–७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् ।

रुस–युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले यस्तो निर्णय गरेका एनएचके वल्र्ड न्युजले उल्लेख गरेको छ । जापानले जर्मनीको म्युनिखमा जी–७ को बैठक आयोजना गरेको थियो ।

जुन बैठकमा अन्तराष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ । बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो । विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न समेत आग्रह गरेका छन्।

प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन्। उनीहरूले मस्कोलाई अन्तराष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको भिडन्तमा चार सैनिक र १५ विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र

भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप

युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र