जापानले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने



जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको बताएका छन् ।

किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताए । जापानमा अझै पनि प्रति दिन एक लाख कोरोनाभाइरस सङ्क्रमणहरु देखा पर्ने गरेको सीएनएनले जनाएको छ ।

जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक, अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएका सीएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जानकारी दिएको छ ।

‘कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पु¥याउनको लागि, हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्ने उनले बताए ।

गत वर्षको अक्टोबरमा जापानले गत वर्षदेखि बन्द रहेका आफ्ना सिमाना विदेशीका लागि पुनः खोलेको थियो । सीएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो ।

कोभिड–१९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम धेरैजसो मानिसहरूको उच्च स्तरको खोप र अघिल्लो सङ्क्रमणबाट जनसङ्ख्याको प्रतिरोधात्मक क्षमताका कारण धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी) ले जनाएको छ ।

अर्कोतर्फ विश्व स्वास्थ्य सङ्गठनले अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ र आफ्नो पछिल्लो अपडेटमा कोभिड–१९ सँगको सम्पर्कमा आएका वा नजिकको सम्पर्कमा आएका मानिसहरूलाई मास्क लगाउन सिफारिस गरेको र ‘भीडभाड, घेरिएको, वा कमजोर भएका जो कोहीलाई पनि मास्क लगाउन सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र