जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकी दावी



अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।

केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले भने बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियनत्रणको बाटोमा ल्याइएको सरकारको दावी छ । आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ । तर अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको सङ्ख्या अझै ५७ लाख कम रहेको छ ।

गैर–कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत अवस्थामा आउन नसकेको बताइएको छ । पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।
अश्वेत कामदारहरूको रोजगार दर अघिल्लो महिनाबाट घटेर ८.२ प्रतिशत पुगेको छ यद्यपि श्रम शक्तिको सहभागितामा गिरावट चिन्तित देखिएको छ ।

“श्रम बजारमा पूर्णतया सुधार देखिएको छैन भन्ने अर्को संकेत अमेरिकामा अझै ४५ लाख मानिसहरू आंशिक समय काम गरिरहेको अवस्थाबाट थाहा हुन्छ, पूर्ण–समय काम पाउन सक्ने अवस्था अझै बन्न सकेको छैन ।” रिपोर्टमा भनिएको छ ।

जुलाईमा निर्माण क्षेत्रमा ११ हजार उत्पादन क्षेत्रमा २७ हजार रोजगारीका अवसर थपिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार राष्ट्रव्यापी रूपमा प्रतिघण्टा औसत आय ११ सेन्टबाट ३०.५४ अमेरिकी डलर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस।  अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मंगलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण

आगलागीबाट नाइजेरियामा १७ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान