भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत



भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुून २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ ।

यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ । हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म यहाँ ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ४१ करोड ९७ लाख ७७ हजार ४५७ व्यक्ति लाई कोरोना भाइरस परिक्षण गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।