अमेरिकामा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु दरमा २२ प्रतिशतले कमी



अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको छ ।

अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ । हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ ।

न्यूयोर्क टाइम्स तथा सिडीसीद्वारा निकालेको तथ्याङ्क अनुसार बिहीबार २४ घण्टाको अन्तरालमा १३ हजार ४०९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ३८७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म दुई करोड ८२ लाख ७८ हजार ३९४ जना सङ्क्रमणपछि निको भएका छन्भने कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ ।

शुक्रबारको तथ्याङ्क अनुसार अमेरिकामा अहिले २१ हजार २२२ जना अस्पतालमा कोरोना सङ्क्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या पछिल्लो १५ दिनमा २३ प्रतिशतले घटेको छ । यहाँ हालसम्म ३० करोड ५६ लाख ८७ हजार ६१८ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

विश्वको पहिलो अर्थतन्त्रका रूपमा चिनिने अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४२.६ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ५१.९ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमणमा जाने

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके दुई पक्षीय सम्बन्ध बिस्तारका लागि आगामी

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता

इस्लामावाद । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको

चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान

नयाँदिल्ली । ३१ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका एक

फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टीद्वारा सेवा सुरु

पेरिस । फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा