विश्वमा कोरोनाबाट ३४ लाख ४४ हजारको मृत्यु,१६ करोड ५८ लाखबढी संक्रमित



विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख ३५ हजार ८८० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म विश्वभर १६ करोड ५८ लाख ४२ हजार ५९९ मा संक्रमण भएको छ । त्यस्तै, १४ करोड ६५ लाख २० हजार भन्दाकढी संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ६ लाख भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ३४ लाख ४४ हजार ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइृसकेको छ । संक्रमितमध्ये १ करोड ५८ लाख ७७ हजार भन्दाबढी सक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये ९९ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख २ हजार ६१६ जनाको मृत्यु भएको छ भने ३ करोड ३८ लाख ३३ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार ६७४ पुगेको छ भने २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड २७ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव