कोभिडको बेवास्ता गर्ने तान्जानियाका राष्ट्रपति कोरोना सङ्क्रमणबाट सिकिस्त



कोरोना भाइरस केही होइन भनी बेवास्ता गर्ने पूर्वी अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागाफुली अहिले कोभिड संक्रमणबाट सिकिस्त भएका छन् । उनको देशले कोरोनाभाइरसमाथि विजय प्राप्त गरेको दाबी गरेका थिए भने खोपको खरिद आदेश दिन पनि अस्वीकार गर्दै आएका थिए ।

तर ११ दिनदेखि सार्वजनिक कार्यक्रमा देखा नपरेपछि उनको स्वास्थ्यलाई लिएर प्रश्नहरू उब्जिएका छन् । तान्जानियाका मुख्य विपक्षी दलका नेता टुन्डु लिसुले राष्ट्रपति मागाफुली कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि सिकिस्त हालतमा केन्याको राजधानी नाइरोबीस्थित एक अस्पतालमा रहेका थाहा पाएको बताएका छन् ।

मागाफुलीको सरकारले कोभिड–१९ को व्यवस्थापनलाई लिएर निकै आलोचना बेहोरिरहेको छ । उनको सरकारले कोभिडविरुद्ध खोप समेत किन्न अस्वीकार गरिरहेको छ । तान्जानियाले देशमा कोरोनाभाइरस मामिलाका विवरण मे महिनायता प्रकाशन गर्न पनि छाडिसकेको छ । ६१ वर्षीय राष्ट्रपति मागाफुलीले भाइरसलाई हराउन बरू प्रार्थना गर्न अनि जडिबुटीसहित बाफ लिन आह्वान गर्दै आएका थिए ।

मृत्यु भएका एकजना वरिष्ठ सहयोगीको अन्तिम संस्कारमा केही साता अगाडि बोल्दै राष्ट्रपति मागाफुलीले तान्जानियाले कोभिडलाई गत वर्ष पनि पराजित गरेको र यो वर्ष पनि पराजित गर्ने बताएका थिए । देशको अर्ध स्वायत्त जन्जिबार टापुका उपराष्ट्रपतिको कोभिड–१९ को उपचारका क्रममा मृत्यु भएको केही घण्टापछि ती सहयोगीको मृत्यु भएको थियो ।

निर्वासित अवस्थामा हाल बेल्जियममा रहेका विपक्षी नेता टुन्डु लिसुले राष्ट्रपति मागाफुलीलाई सोमबार राति विमानबाट नाइरोबी अस्पताल लगिएको बताए । उनका अनुसार राष्ट्रपतिलाई हृदयाघात समेत भएको छ र उनी सिकिस्त हालतमा छन् ।

सरकारले यसबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन। उसले राष्ट्रपतिको स्वास्थ्यबारे अपुष्ट सामग्री नछाप्न सञ्चारमाध्यमहरूलाई सचेत गराएको छ । मागाफुलीलाई पछिल्लोपटक फेब्रुअरी २७ मा राजधानी दारेसलाममा देखिएको थियो ।

नाइरोबीस्थित अस्पतालले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ । विपक्षी नेता लिसुले सरकारले प्रतिक्रिया नजनाएर गैरजिम्मेवार र घातक हुनसक्ने काम गरिरहेको बताएका छन् । सरकारको मौनताले हल्ला फिँजिएको भन्दै उनले राष्ट्रपतिको स्वास्थ्य निजी विषय हुन नसक्ने बताए ।

भाइरसको महामारीका समयमा बेवास्ता गर्दै आएकाले उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको भए त्यसलाई मानिसहरूले आश्चर्यको विषय नमान्ने लिसुले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू

काश्मिरमा बारुदी सुरङ्ग विस्फोट हुँदा ६ जना सैनिक घाइते

नयाँदिल्ली । भारतको कश्मीरमा भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका