इयूलाई ‘खोप राहदानी’ स्विकार्न ग्रीस र अस्ट्रियाको आह्वान



ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस ’भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् ’खोप राहदानी’ स्विकार्न आह्वान गरेका छन् । त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ ।

ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेका हुन् । उनीहरूको प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन् । ईयू नेताहरूबीच भएको एउटा भर्चुअल छलफलमा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो ।

तर ’भ्याक्सिन पासपोर्ट’लाई उक्त सङ्गठनका केही देशहरूको विरोधको सामना गर्नुपर्यो । फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन् । उनीहरूको तर्कमा खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे आएका विवरणहरू पूर्ण छैनन् ।

त्यस्तै कतिपयले त्यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले भेदभावपूर्ण हुने बताएका छन् । अहिले निश्चित उमेर समूहका व्यक्तिहरूले मात्र खोप लगाउन पाएका छन् र युवाहरू खोप लगाउन पाउने प्राथमिकतामा परेका छैनन् । त्यसले गर्दा यस्तो व्यवस्था भेदभावपूर्ण हुने उनीहरूको तर्क छ ।

त्यसका साथसाथै ब्रिटिश, दक्षिण अफ्रिकन र ब्राजिलियनजस्ता नयाँ खाले कोरोनाभाइरसका प्रकारहरू देखा परेकाले पनि यस्तो राहदानीबारे कतिपयले विमति राखेका छन् ।

ग्रीस र इजरेलले अहिले नै डिजिटल खोप प्रमाणपत्र दिइरहेका छन् । डेनमार्क र स्वीडेनले पनि त्यस्तै प्रमाणपत्र विकास गर्नेबारे कुरा गरिसकेका छन् । ग्रीस र साइप्रस कोभिड–नेगेटिभ इजरेली पर्यटकलाई आगामी गृष्मकालमा स्वागत गर्न सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको