इजिप्ट सरकारद्वारा रुसमा निर्मित खोप प्रयोगका लागि अनुमति



इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ ।

इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् । यहाँको औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले यसबारे जानकारी दिएका हुन् ।

उनले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिए । यहाँ यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाई दिइने योजना बनाइएको छ । तर पछि यो खोप यहाँका सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् । उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा