इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु



इक्वेडरमा मङ्गलबार तीन वटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ जनाको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका प्रहरीले जनाएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तैगरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन वटा जेलमा एकसाथ भएको हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् ।जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताए । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको छ ।

मानवअधिकारवादी संस्थाले यसलाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ जनाको मृत्यु भएको थियो ।

गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या