कोरोना संक्रमणबाट अमेरिकामा पाँच लाख भन्दा बढीको मृत्यु



अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिका कोरोनाभाइरसका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो । अमेरिकाको पश्चिमी तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो। कोरोनाभाइरस सुरुमा चीनमा देखा परेको थियो ।

\मृतकको सङ्ख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ । त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए ।

अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्। कोरोनाभाइरसको सर्वाधिक सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ । राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ ।

बाइडनले ह्वाइट हाउसमा भने, ‘अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ। यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो।’ उनले अमेरिकीहरूलाई एक हुन र महामारीलाई परास्त गर्न पनि आह्वान गरे ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दोस्रो स्थानमा रहेको भारतको भन्दा दोबर देखिएको छ । अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ । त्यहाँ दुई लाख ४४ हजारको कोभिड–१९ का कारण ज्यान गइसकेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिकोमा एक लाख ७८ हजारको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम