फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी



इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ ।

डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार जनालाई दुई डोज खोप दिइएको छ । खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ ।

साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले विज्ञप्ति जारी गरी सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ ।

इजरायलले बजारमूल्य भन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै हालतमा देश नछोड्ने इमरान खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए –इस्साफ (पिटिआई) ले नेता

दक्षिण कोरियाली राष्ट्रपति युनद्वारा बयान दिन अस्वीकार

सियोल ।  महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै

तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा