म्यान्मारमा एक जना प्रदर्शनकारीको गोली लागेर मृत्यु



म्यान्मारमा सैनिक कू को विरोधमा उत्रिएकी २० वर्षीया युवतीको मृत्यु भएको छ । गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा, रबरको गोली र गोली प्रयोग गर्दा मा थ्वे हाइङको टाउकोमा गोली लागेको थियो ।

राजधानीमा रहेको अस्पतालले शुक्रबार बिहान ११ बजे उनको मृत्यु पुष्टि गरेको हो । उनको अन्तिम संस्कारको तयारी भइरहेको बताइएको छ । एक चिकित्सकले एएफपी समाचारसंस्थालाई उनका लागि न्याय खोज्दै अगाडि बढ्ने बताएका छन् । म्यान्मारमा सैनिक कू को विरोधमा नागरिकको प्रदर्शन चर्किँदै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा

पाकिस्तानमा आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले