ट्रम्पविरुद्ध मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’



अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ । तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छन् ।

ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन् । ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३२ मत परेको थियो।

गत साता क्यापिटल भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोपमा लगाइएको महाभियोगको विपक्षमा १९७ जना सांसद थिए । सङ्घीय जाँच ब्यूरो एफबीआईले डेमोक्र्याट राष्ट्रपति निर्वाचित जो बाइडनको बुधवार हुने सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरूमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याएको छ ।

रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसका उपराष्ट्रपतिकी छोरी नेत्री चेनीले महाभियोगको पक्षमा मतदान गरे लगत्तै उनको राजीनामा माग गरिएको थियो । बसहमा फरक धारणाहरू आउनुलाई स्वाभाविक ठान्ने उनले ट्रम्प ऐतिहासिक दोस्रो महाभियोगमा परेपछि भनिन्, ‘तर हाम्रो देशले गृहयुद्धयताकै अभूतपूर्व संवैधानिक सङ्कटको सामना गरिरहेको छ।’

अर्का रिपब्लिकनले कैयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिए । उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरूले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।