अफगान सरकार शान्तिप्रति प्रतिबद्ध नदेखिएको तालिबानको आरोप



अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ ।

अन्तर–अफगान शान्तिवार्तामा तालिबानकातर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरु संयुक्तराज्य अमेरिकासँग भएको सम्झौता बमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताए ।

उनले गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेका बताए ।

विवादको चुरो भनेकै अफगान सरकारले तालिबान–अमेरिकाबीचको सहमतिलाई बेवास्ता गर्न खोज्नु उनले बताए । तालिबान–अमेरिकाबीचको सम्झौताले अन्तर–अफगान वार्ताका लागि ढोका खोलेको थियो । सम्झौता बमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरु मुक्त गरिएका थिए ।

केही महिनाको ढिलाइका बाबजूद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् ।

यसैबीच, अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह सोमबार पाकिस्तानको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल रहनेछ । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत

भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन