दक्षिण कोरियाली कर्मचारीको उत्तर कोरियामा हत्या



दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ । उक्त घटनालाई क्रुर कार्यको सङ्ज्ञा दिँदै सोलले त्यसको निन्दा गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए ।

उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो । विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको छ । यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाले आफ्नो सीमामा कडाइ गरेको छ । देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले गोली हानेर मार्ने नीति लागु गरेको अनुमान गरिएको छ । दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए । यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमबार उनी हराएका थिए ।

जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन् । उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ । उत्तर कोरियाको गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ । उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको थियो ।

सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरसविरुद्ध चालिएको उपायअन्तर्गत त्यसो गरिएको हुनसक्ने उनीहरूको अनुमान छ । त्यहाँ सरकारले सत्तारूढ दलको ७५ औँ वार्षिकोत्सवका अवसरमा अक्टोबर १० मा विशाल सैन्य परेडको तयारी गरिरहेका छन् ।

कोरोनाभाइरस नआओस् भनेर प्योङ्याङले जनवरीमा चीनसँगको सीमा बन्द गरेको थियो । जुलाईमा सङ्कटकालीन अवस्थालाई अधिकतम तहमा पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएका थिए । उत्तरका सैनिकहरूले दक्षिण कोरियाका गैरसैनिकलाई गोली हानी मारिदिएको यो दोस्रो घटना हो । यसअघि सन् २००८ जुलाईमा एक दक्षिण कोरियाली पर्यटकको कुम्गाङ पर्वतमा गोली हानेर हत्या भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा भीषण आगलागी 

  मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना

बाढीमा परी अफगानिस्तानमा १४ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको