रुसद्वारा कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती



रुसले कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती दिएको छ । कोरोना संक्रमित बिरामीकोे उपचारका लागि आर फर्माको ‘कोरोनाभर’ एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आर फर्माको यो घोषणाले भाइरसविरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा अग्रस्थान हासिल गर्न रुसले प्रयास गरिरहेको स्पष्ट पारेको छ । रुसले यसअघि नै कोभिड १९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पुत्निक भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ ।

आर फर्माले कोभिड १९ का १६८ बिरामीलाई सहभागी गराइ यसअघि तेस्रो चरणको ट्रायल सञ्चालन गरेको थियो जसपछि नै आधिकारिक स्वीकृति पाएको बताएको छ । योभन्दा अगाडि सो औषधिलाई कोरोना भाइरसको उपचारका निम्ति अस्पतालमा प्रयोग गर्न अनुमति दिइएको सरकारी डाटाले देखाएको छ । कोरोनाभर औषधिको ट्रायल तुलनात्मक रुपमा धेरै सानो मानिएको छ ।

तर पनि आर फर्माले यसको आपूर्तिसम्बन्धी देशभरका फार्मेसीहरुसँग छलफल थालिसकेको कम्पनीकी प्रवक्ताले बताइन् । कोरोनाभर मस्काउबाट ३०० किलोमिटरको दुरीमा रहेको उत्तरपूर्वी क्षेत्र यारोस्लाभीस्थित आर फार्मको उद्योगमा निर्माण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा