४० करोड मूल्य पर्ने दुर्लभ पुस्तकहरू गाडिएको अवस्थामा फेला



लन्डनस्थित एउटा गोदामबाट चोरिएका झन्डै ४० करोड रुपैयाँ मूल्य बराबरका २०० वटा “अप्राप्य“ पुस्तकहरू रुमेनियाको गाउँमा एउटा घरमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ती पुस्तकमध्ये केही ग्यालिलियो तथा आइज्याक न्यूटनले लेखेका कृतिका प्रथम संस्करणहरू पनि छन् ।

ती पुस्तकहरू सन् २०१७ को जनवरी महिनामा चोरहरूले फेल्टमको गोदामबाट चोरेका थिए । बुधवार उत्तरपूर्वी रुमेनियाको नियम्ट क्षेत्रमा रहेको एउटा घरमा खानतलासी गर्दा ती पुस्तक भुइँमुनि लुकाइएको अवस्थामा अधिकारीहरूले भेटेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार ती पुस्तक फेला पार्न सन् २०१९ को जुन महिनामा यूके, रुमेनिया तथा इटलीका ४५ वटा ठाउँमा छापा मारिएको थियो ।

१३ जनामाथि चोरीको अभियोग लगाइएको थियो । तीमध्ये १२ जनाले आफ्नो संलग्नता स्वीकारेका थिए । चोरी भएका सामग्रीमध्ये दाँतेका दुर्लभ पुस्तक र स्पेनी चित्रकार फ्रान्सिस्को डि गोयाका चित्रहरूका साथै १६ औँ तथा १७ औँ शताब्दीका ग्यालिलियो एवम् आइज्याक न्यूटनका पुस्तक थिए ।

अमेरिकाको लस भेगसमा हुन लागेको विशेष पुस्तक मोलमोलाइ कार्यक्रमका निम्ति ओसार्न ठिक्क पारिएको बेला ती पुस्तकहरू हराएका थिए । हेथ्रो विमानस्थलनजिकै फेल्टममा भएको गोदामको छाना काटेर चोरहरूले डोरीमार्फत् ४० फिट तल ओर्लिएर चोरी गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

सेन्सरबाट जोगिन चोरहरू स्टोरको छानाबाट छिरेर डोरीको सहायताले तल ओर्लिका थिए ।ती चोरहरू सङ्गठित रुमेनियाली आपराधिक गिरोहका सदस्य भएको पत्ता लागेको थियो । लन्डनको मेट्रोपोलिटन प्रहरीको विज्ञप्तिमा ती गिरोह यूकेभरि मूल्यवान् वस्तुहरूको चोरीमा संलग्न भएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको