भाका फेर्दै ट्रम्पः अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए ।

उनले भने–मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ । उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताए ।

प्रेस ब्रिफिङका क्रममा उनले अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताए । उनले खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको पनि बताएका छन् । त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी उनले दिए । उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी दिए ।

अमेरिका विश्वमा नै कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ । शुक्रबारसम्म यहाँका १ लाख ९८ हजार भन्दा बढी नागरिकको यो संक्रमणबाट नै ज्यान गएको छ । केही दिनअघि ट्रम्पले आगामी तीन साताभित्र खोप वितरण गर्न सुरु गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्थायी युद्धविराम हुनुपर्नेमा हमासका अधिकारीको जोड

  प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त

बङ्गलादेशमा तापक्रम बृद्धिमा नयाँ रेकर्ड

  बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ

सन्तान विदेश जाने क्रम बढेपछि जापानमा औषतमा सात घरमध्ये एक घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले अगामी सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा