अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्यागेका ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

उनले राष्ट्रसंघीय ७५औँ महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्वोधन गर्ने तयारी भएको पनि स्पष्ट पारे । संयुक्त राष्ट्रसंघको महासभा गत मंगलबारदेखि शुरु भएको र यही सेम्टेम्बर ३० सम्म चल्ने तय भएको छ । महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् ।

महासभामा विश्वका ११९ जना राष्ट्र प्रमुख र ५४ जना सरकार प्रमुखहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मध्य अगस्टमा राष्ट्रपति ट्रम्पले महासभास्थलमै पुगेका आफू सहभागी हुने योजना रहेको पत्रकारहरुसँग बताएका थिए ।

तर त्यो योजना अहिले परिवर्तन भएको हो । कोरोनाभाइरसको महामारीका कारण विश्वभरी नै नकारात्मक असर गरिरहेका बेला पनि विद्युतीय माध्यमबाट महासभा सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब