भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् ।

महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय सङ्क्रमितहरु छन् । त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही