युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार
युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएका स्थानीय जेलका प्रवक्ताले बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् ।
मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ । गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैँदीहरूको घाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।