बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु



भारतको बिहारका विभिन्न जिल्लामा केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १५ जनाको मृत्यु भएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण  १०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक