योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित



जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन् । उनले खसेको ४६२ मध्ये ३१४ मत पाएका छन् । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मी मानिन्छन् ।

योसँगै सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो । ७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन् । आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए । सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन् । स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गरेका थिए । सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न