ओरेगोनमा लागेको डढेलोका कारण अमेरिकामा कम्तिमा २७ जनाको मृत्यु



अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ जनाको मृत्यु भएको छ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।

ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ । क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाव देखिएको छ ।

अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् । डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् ।

शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो ।

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा

  किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली

गाजाबाट एकसय भन्दाबढी गम्भीर विरामीलाई विशेष उपचारका अन्यत्रै लैजाने डब्लुएचओको योजना

  जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले  बुधबार गाजाबाट ठूलो मात्रामा चिकित्सा

हसिनाको शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी नागरिक अझै बेपत्ता

ढाका ।  अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क । मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले लेबनानको मानवीय