विश्वमा दुई करोड ७० लाखलाई कोरोना संक्रमण, ८ लाख ८३ हजारको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ७० लाख ६० हजार ४ सयभन्दाबढी पुगेको हो । जसमध्ये १ करोड ९१ लाख ६० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । यस्तै एकै दिन थप ४ हजार ६ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये ७० लाख १७ हजार ७ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ७ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा संक्रमितको संख्या ६४ लाख ३१ हजार १ सय नाघेको छ । कोरोनाका कारण १ लाख ९२ हजार ८ सय बढीको मृत्यु भएको छ भने ३७ लाख ७ हजार मानिस निको भएका छन् ।
यस्तै, ब्राजिलमा ४१ लाख २३ हजार मानिस संक्रमित भएका छन् भने १ लाख २६ हजार २ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३२ लाख ९६ हजार ७ सय भन्दाबढी निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजार ६ सय जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६ भन्दाबढी संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४ सयबढीको उपचार भइरहेको छ ।